स्प्यानियोल पराजित, बार्सिलोनाको उपाधि आशा कायमै

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पार्दै उपाधि आशा कायमै राखेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा स्प्यानियोललाई पराजित गर्दै बार्सिलोनाले उपाधि आशा कायामै राखेको हो ।

खेलको ५६ औं मिनेटमा गोल गर्दै  लुईस सुआरेजले बार्सिलोनालाई जित दिलाए ।

५० औं मिनेटमा बार्सिलोनाका युवा स्टार अंशु फाती रातो कार्ड खादै मैदान छाडेका थिए । फाती रातो कार्ड खाएकै तीन मिनेट पछि स्प्यानियोलका लाजानोले रातो कार्ड पाएका थिए ।

बार्सिलोनाले ७६ अंक जोड्दै शीर्ष स्थानको रियलसँगको दुरी १ अंकमा झारेको छ । तालिकाको पुछारमा रहेको स्प्यानियोलको २४ अंक छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?