सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बिहीवार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?