रिजल्ट नआउँदै कक्षा ११ को भर्ना ?

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित हुने अनिश्चित भइरहेका बेला राजधानीलगायत देशका केही माध्यमिक विद्यालयलले प्रि–अनलाइन रजिस्ट्रेसनको नाममा कक्षा ११ को भर्ना प्रक्रिया शुरू गरेका छन् ।

राजधानीका कहलिएका जिरो प्लस टु र केही माविले आफ्नो वेबसाइटमा अनलाइन प्रि–रजिस्ट्रेसन शुरू गरिसकेका छन् । परीक्षाफल प्रकाशित नहुँदै भर्ना प्रक्रिया शुरू गर्न मिल्छ त ? भन्ने प्रश्नमा अधिकांश विद्यालय सञ्चालकले भने कति विद्यार्थीले फारम भर्छन् भन्ने विषयको मूल्याङ्कन मात्र भएको दाबी गरेका छन् । राजधानीका अधिकांश नाम चलेका माविले अनलाइन भर्ना आह्वान गरेका छन् । परीक्षाफल प्रकाशित नभई भर्ना लिन नहुने सरकारी मान्यतालाई बिर्संदै मनपरीरूपमा भर्ना थालेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?