कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी लकडाउनमा प्रभावित बनेका किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिर्न थालेको छ ।
राहत तथा अनुदान कार्यक्रमअन्तर्गत प्रदेश २ का कृषिमन्त्री शेलेन्द्र साहले सोमबार पर्साका ४ हजार ६६५ जना किसानको ऋणको ब्याज अनुदान बापतको चेक बैंक तथा वित्तीय संस्थालाई हस्तान्तरण गरे ।
प्रदेशले चैत, वैशाख, जेठ र असारको ब्याज तिरिदिएको हो । पर्साका लागि ३ करोड १० लाख रुपैयाँ ब्याज अनुदान बिनियोजन भएकामा २ करोड ९६ लाख ४५ हजार खर्च भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया