बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । साविक ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०२० र २१ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

नयाँ जर्सी अघिल्ला सिजनको भन्दा फरक बनाईएको छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई क्लासिक ढाँचामा बनाएको छ । नाइकी कम्पनीले सार्वजनिक नयाँ जर्सी १० वर्ष अघि २०१०र११ को सिजन बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा प्रयोग गरेको जस्तो रहेको छ ।

Image

तर, बार्सिलोनाले औपचारिक रुपमा भने नयाँ जर्सी सार्वजनिक गरेको छ । कतिपय समर्थकले नयाँ जर्सी आकर्षक नभएको बताएका छन् ।

यस्तै बार्सिलोनाको नयाँ जर्सी इंग्लिस क्लब क्रिस्टल प्यालेससँग मिल्दोजुल्दो भएको इंग्लिस अनलाईन सनले जनाएको छ ।

Image

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?