कोरोना भाइरसविरुद्धको सम्भावित खोपको परीक्षण तेश्रो चरणमा प्रवेश

काठमाडौं । चीनको सिनोभाक बायोटेकले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा शुरु गर्ने भएको छ ।

योसँगै सिनोभाक बायोटेक खोप निर्माणको तेस्रो चरणमा पुग्ने तेस्रो कम्पनी भएको छ ।

ब्राजिलको नियामक निकायले फास्ट ट्र्यकमा कम्पनीलाई खोपको परीक्षणका लागि अनुमति दिएसँगै यसको तेश्रो चरणको परीक्षण ब्राजिलमा हुने भएको हो । निकायले यसबारेमा जानकारी सोमवार दिएको थियो ।

सिनोभाकका अनुसार ब्राजिलियन खोप निर्माता इीन्स्टट्युट बोटान्टानसँगको सहयकार्यमा तेस्रो चरणको परीक्षण सञ्चालन गर्नेछ ।

यसमा कोरोना भाइरस सेन्टरमा ९ हजार स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ भने यो महिनादेखि नै यसको परीक्षण शुरु गरिने भएको छ ।

बेलायतमा रहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको अस्ट्राजेनेकाको खोप र चीनको चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले पनि तेस्रो चरणको परीक्षण गरिरहेको हो । मोर्डनाले यो महिनाको अन्त्यदेखि तेस्रो चरणको परीक्षण शुरु गर्ने जनाएको छ ।

सिनोभाकले जनवरीको अन्तिममा कोरोनाभाइरसको खोपको निर्माण शुरु गरेको थियो र अहिले कोरोनाभाइरसको खोपको फ्याक्ट्री निर्माण गर्ने तयारी समेत गरेको छ ।

यो वर्षको अन्तिमसम्ममा खोप तयार हुने कम्पनीको आशा छ । कम्पनीले एक वर्षमा १० करोड खोप निर्माण गर्ने लक्ष्य लिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?