भन्सालीले यसरी गरे दीपिका पादुकोणको प्रशंसा

मुम्बई – निर्देशक सञ्जय लीला भन्सालीलाई बलिउड अभिनेत्री दीपिका पादुकोणमा तीन अभिनेत्री देखिन्छन् । उनले भनेका छन्, ‘जब म उनलाई एक एंगलबाट हेर्छु, त्यतिबेला मैले बैजन्तीमाला देख्छु, कयौंपटक मैले उनलाई हेमा मालिनी पनि देख्छु ।’भन्सालीले दीपिकाको तुलना अर्की अभिनेत्रीसँग पनि गरे । उनले भनेका छन्, ‘दीपिकाले जतिबेला घुमर गीतमा नाच देखाइन्, त्यतिबेला मलाई वहीदाको याद आयो ।’साथै उनले दीपिकासँग यी तिनै अभिनेत्रीका सामुन्ने उभिने क्षमता भएको पनि बताए चलचित्र ‘पद्मावत’ रिलिज हुनुपूर्व धेरै नै विवाद उत्पन्न भएको थियो । रिलिजअघि विवादमा आए पनि चलचित्र पाँच सय करोडको व्यापार गर्न सफल भएको थियो । अहिले उक्त चलचित्र सफल भएपछि निर्देशक पनि मख्ख देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?