हेर्नुहोस् २०७७ साल असार २५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ २५ गते । बिहीवार । इ.स.२०२० जुलाई ०९ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण। ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– चतुर्थी,१० बजेर ०७ मिनेट उप्रान्त पंचमी ।

नक्षत्र– शतभिषा,२७ बजेर ४९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग आयुष्मान,२१ बजेर २३ मिनेट उप्रान्त सौभाग्य । करण– बालव,१० बजेर ०७ मिनेट उप्रान्त कौलव,१० बजेर ४१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ५ बजेर १६ मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी २१ पला । पञ्चक ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा लगानी गरि थोरै भएपनि धन आर्जन गर्न सकिनेछ ।

अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ ।

राजनीतिज्ञ तथा बिशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समयले साथ दिने हुदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ ।

धार्मिक यात्रा हुने योग रहेको छ भने पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ ।

माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पत्ती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ ।

अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ । अतिथीको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने विद्यार्थी हरुका लागि समय उत्तम रहेको छ ।

मन परेको मानिसबाट भौतिक सम्पत्ती तथा उपाहार प्राप्त हुने योग रहेको छ । शेयर बजारको लगानी विगत भन्दा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय फलदायी रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ ।

आटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ ।

सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रयन्न गर्दा आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बोलिको प्रभाव बढ्नेछ । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेको छ । पढाई लेखाईमा अलि बढी ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ ।

ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्सित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तर पनि विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?