काठमाडौं । हरेक आर्थिक वर्ष (आव) मा बजेटको ठुलो हिस्सा खर्च नभएर त्यतिकै फ्रिज हुने गरेको छ ।
चालू आर्थिक वर्ष २०७६/७७ मा खर्च नभएको बजेट रकम आवको अन्त्य अर्थात असार मसान्तसम्ममा राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) लाई निर्देशन दिएको छ ।
चालू आवको समयावधि सकिन अब ८ दिन बाँकी रहेको अवस्थामा भोलिबाट (असार २५) रकम निकाशा र भुक्तानी बन्द गर्न समेत महालेखाले कोलेनिकालाई निर्देशन दिएको छ ।
असार २१ गते बसेको महालेखाको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ ।
आर्थिक बर्ष सकिनु एक साता अघि कोलेनिकाबाट निकासा तथा भुक्तानी लिएर कारोबार बन्द गराउनुपर्ने नियम रहेको छ ।
साथै महालेखाका अनुसार कार्यालयलाई अति आवश्यक कामका लागि खर्च चाहिने अवस्था आएको खण्डमा भने कोलेनिकाको स्वीकृती लिएर निकाशा दिन सकिने व्यवस्था गरेको छ ।
असार मसान्तसम्म बजेट खर्च, खाता र २०७७ साउन १ गतेदेखि बजेट खर्च भुक्तानी हुने ब्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
साथै सरकारी कार्यालयमा प्रयोग हुने सबै खालको राजस्वको चेक पनि असार मसान्तभित्रै जम्मा गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया