काठमाडौं । कोरोना भाइरसको कहर अहिले सारा विश्वभर नै छ । गत वर्षको डिसेम्बर अन्ति साता चीनको हुबाबे प्रान्तस्थित वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
कोरोनाबाट अत्याधिक प्रभावित देश अमेरिकामा कोरोनासंक्रमितको संख्या यो समाचार तयार पार्दासम्म ३० लाख ९७ हजार ४१७ पुगेको छ भने १ लाख ३३ हजार ९७७ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या बढ्दै गईरहेको छ भने मृतकको संख्यामा केहि कम हुँदै गएको छ । जसले केहि हदसम्म अमेरिकालाई राहत मिलेको छ ।
यसैबीच अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ‘मृत्युदर घट्दै गयो भन्दैमा ढुक्क हुन नहुन’ अमेरिकालाई चेतावनी दिएका छन् ।
डाक्टर फाउचीको यो चेतावनी अमेरिकामा कोरोनासंक्रमितको संख्या ३१ लाख पुग्न लागेको र जीवन सहज हुने आशा गरिएका अमेरिकाका केही शहरहरुमा पुनः प्रतिबन्धहरु कडा बनाउँदै लैजानु परेको र मास्कलाई अनिवार्य लगाउनुपरेको स्थितिकोबीचमा आएको हो ।
डाक्टर फाउचीले भनेका छन्, ‘हाम्रो डरलाग्दो व्यवहारले आफूलाई संक्रमित हुन दिनु भनेको हामी आफैँ महामारीको संवाहक हुनु हो, अन्य थुप्रै कुराहरु छन्, जुन यस भाइरसका बारेमा खतरनाक र खराब हुन्ग, त्यसैले गलत आत्मविश्वासमा परेर ढुक्क नहुनुहोस् ।’
युवाहरुमाझ कोरोनाभाइरसको संक्रमण तीव्र दरमा फैलिएको पछिल्लो घटनाले पदाधिकारीहरु आश्चर्यचकित बनेको ट्रम्प प्रशासनका कोरोनाभाइरस रेस्पोन्स कोअर्डिनेटर डा. डेबोरा एल. व्रिक्सले बताएका छन् ।
‘१८ देखि ३५ वर्ष उमेरसमुहको बीचमा यो मात्रामा सामुदायिक स्तरमा संक्रमण फैलिन्छ भनेर हामी कसैले साँच्चै नै कल्पना गरेका नै थिएनौँ,’ व्रिक्सले भनेका छन्, ‘यो त्यो उमेर समूह जुन मार्च–अप्रिल ताका अत्यन्तै अनुशासित थिए । तर जसै उनीहरुले मानिसहरुलाई बाहिर खुलामा र सामाजिक सञ्चालहरुमा देखे, उनीहरु पनि बाहिर निस्किए ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया