भक्तपुर, ११ फागुन – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताउनुभयो उहाँले भन्नुभयो, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।”अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष÷प्रतिपक्ष नभएर वाम गठबन्धन र काँग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो उहाँले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने उहाँको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया