१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?