अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौँ ठगी, ६ जनामाथि केस दर्ता

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौँ रुपैयाँ ठगी गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ ।

मुम्बईस्थित आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका महाप्रबन्धक किरन बाब र निर्देशक विनय भसीनसहित ६ व्यक्तिमाथि ठगीको आरोपमा लखनउको हजरतगन्जमा केस दर्ता भएको हो ।

उजूरीकर्ताका अनुसार यी सञ्चालकहरुले शिल्पा सेट्टी आफ्नो कम्पनीको ब्रान्ड एम्बेस्डर रहेको भन्दै मानिसहरुलाई शेयर बेचेका थिए ।

कारोवारी रोहितवीर सिंहकाअनुसार किरन बाबले सिल्पा सेट्टी आफ्नो कम्पनीको ब्रान्ड एम्बेसडर बताएका थिए ।

किरन बाबाको गफमा फसेर उनले कम्पनीमा लाखौँ लगानी गरेका थिए । तर, घाटा भएपछि यस कम्पनीका अधिकारीहरुले स्पा सेन्टर बन्द गर्ने धम्की दिए ।

हजरतगन्जका एसीपी अभय कुमार मिश्राका अनुसार आयोसिस स्पा कम्पनीका एमडी र निर्देशकसहित अन्य ६ जनाविरुद्ध केस दर्ता भएको छ र यस विषयमा छानविन चलिरहेको छ ।
रोहितवीरका अनुसार २०१८ मा आयोसित स्पा एन्ड वेलनेस प्राइभेट लिमिटेड कम्पनीका म्यानेजरले हजरतगन्जमा कम्पनीको शाखा खोल्ने बताएका थिए ।

लगानी गर्ने हो भने शेयर दिनका लागि कम्पनी तयार रहेको उनले बताएका थिए । किरन बाबले यो पनि बताएका थिए कि शिल्पा सेट्टीले कम्पनीको यस शाखाको उद्घाटन गर्नेछिन् ।

यतिमात्रै होइन शिल्पा सेट्टीले कम्पनीको प्रचार गर्दै गरेको फोटो पनि किरनले देखाएका थिए ।
तर ग्राहकहरुलाई कम्पनीले आवश्यकताभन्दा बढी छुट दिन थालेपछि शेयर लगानी गर्नेहरु हच्किएका थिए ।

जब हैरान भएर उनीहरुले यस फ्रेन्चाइजीका पूर्व सञ्चालकसँग सम्पर्क गरे तब किरन बाबाको वास्तविकता बाहिर आयो । पूर्व सञ्चालकका अनुसार कम्पनीका मालिक मनोमानी गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?