एसी मिलानसँग युभेन्टस स्तब्ध

काठमाडौं । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्टस पराजित भएको छ ।  मंगलबार राति भएको खेलमा युभेन्टस एसी मिलानसँग पराजित भएको हो ।

युभेन्टसले एसी मिलानसँग ४-२ गोल अन्तरले हार ब्यहोरन पर्‍यो । ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसँगै मिलान क्लबले शीर्ष स्थानको युभेन्टसमाथि पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाएका थिए । सन् १९६१ म पछि रोनाल्डो सिरि ए मा २५ गोल गर्ने पहिलो खेलाडी बने । जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेल नियन्त्रणमा राखेका थिए ।

तर ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३-२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाए ।

पछिल्लो खेलमा पराजित भएसँगै युभेन्टसले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ । दोस्रो स्थानको लाजियोले रेलिगेशनबाट बच्न संघर्षरत लिसीसँग २–१ ले पराजित भएसँगै युभेन्टसलाई अग्रता बढाउने अवसर थियो ।

मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?