२०७७, २३ असार मंगलवार २०:५१

भाइबरले ल्यायो आफ्नै जिआइएफ सिर्जना गर्ने नयाँ विशेषतायुक्त फिचर


प्रकाशित मिति : २०७७, २३ असार मंगलवार २०:५१

काठमाडौं । राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक विशेष प्रकारको जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको छ । जसको सहायताले प्रयोगकर्ताहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्ने जनाइएको छ ।

विश्वभरमा तत्काल मेसेजिङ्गको माग बढिरहेको अवस्थामा भाइबरको नयाँ जिआइएफ फिचर भने भाइबरले गत महिनामात्र शुरु गरेको २५० जनासम्म सामूहिक च्याट गर्ने र २० जनासम्मको भिडियो कल गर्ने सुविधायुक्त विशेषतामा थप एक अर्को सुविधा हो । नयाँ जिआइएफ क्रिएटर आइओएसमा शुरु भैसकेको छ र एण्ड्रोइडमा अर्को हप्तादेखि शुरु हुनेछ ।

अक्सर कसैले पठाएको लेख्य सन्देश बुझ्न अत्यन्त गाह्रो पर्ने गर्दछ । इमोजिहरुले यदाकदा सहयोग गरेतापनि लेख्यमार्फत् व्यक्त गर्न सकिने भाव सीमित नै हुनेछ भने भाइबरको नयाँ अनुकलन योग्य जिआइएफ फिचर, यसको पहिले नै शुरु भैसकेको नयाँ अनुकूलन योग्य स्टिकरमा एक थप रहेको भाइवरले जनाएको छ । त्यस्तै यो लेखनमार्फत् गरिने सञ्चारलाई बदलेर अझ सजिलो र सटिक बनाउने लक्ष्य हो, जुन यसभन्दा अघि नभएको दावी गरिएको छ ।

कुनै पनि च्याटमा भाइबर प्रयोगकर्ताहरुले एपमा रहेकोे नयाँ क्यामराको सहायताले छोटो भिडियो रेकर्ड गरेर वा उनीहरुको ग्यालरीबाट रोजेर त्यसलाई बुम¥याङ, छिटो चल्ने वा रिभर्स चल्ने रमाइलो जिआइर्एफमा परिवर्तन गर्न सक्ने सुविधा रहेको छ ।

भिडियोलाई नयाँ जिआइएफमा बदल्न प्रयोगकताहरुले निम्न गर्न आवश्यक पर्छ:

जिआइएफमा शुरु गर्न भिडियोलाई काँटछाँट (ट्रिम) गरेर सही अँश छान्नुहोस् ।

जिआइएफको लागि प्ले मोड मार्फत् बुम-याङबाट अन्त्यहीन लूप गर्ने, रिभर्स मोड गर्ने, स्लो–चल्ने, र २ गुना वा ४ गुना छिटो चल्ने मोड रोज्नुहोस् ।

नयाँ जिआइएफलाई विभिन्न फन्टहरु र कलरहरुका साथसाथै डूडल र स्टिकरहरुको प्रयोग गरी स्टाइल थप्नुहोस् ।

“खास गरेर अहिलेको समयमा भाइबर आफ्नो प्रयोगकर्ताहरुलाई तत्काल सन्देशमा विभिन्न तरिकाहरुद्वारा सञ्चार आदान प्रदान गरी भावना अभिव्यक्त गराउन र प्रयोगकर्ताहरुलाई सशक्त बनाउन प्रतिबद्ध छ । भाइबरमा हामीले सधैं भन्दै आए जस्तै यदि एउटा इमोजिले एउटा शब्द बोल्छ भने जिआइएफ र स्टिकरहरुले पूरा वाक्य नै व्यक्त गर्न सक्छन् र अब हाम्रो नयाँ आफ्नै जिआइएफहरु बनाउन मिल्ने फिचरका साथ प्रयोगकर्ताहरुले अझ बढी सटिक तवरमा र बढी रमाइलो तरिकाले आफूलाई अभिव्यक्त गर्न सक्नेछन् ।” राकुटेन भाइबरका सिओओ ओफिर इयालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस