कोरोना संक्रमण मुक्त भएका नेपालका यी ४ जिल्ला

काठमाडौं । नेपालका ७७ जिल्ला मध्ये ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा ४ जिल्ला हाललाई कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

प्रदेश नं १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोनाका सबै कोरोना संक्रमित बिरामीहरु कोरोना संक्रमण मुक्त भएर डिसचार्ज भएका छन् ।

कोरोना संक्रमण मुक्त भएका ४ जिल्ला : 

  • तेह्रथुम
  • भोजपुर
  • सोलुखुम्बु
  • हुम्ला

त्यस्तै, नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ७ हजार ४ सय ९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?