गुल्मीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

गुल्मी, ११ फागुन । गुल्मीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले शुक्रबार नवनिर्वाचित प्रधानमन्त्री ओलीको पुत्ला दलहन गरेको हो नेपाल कम्युनिष्ट पार्टीको संगठनले हिजो पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको पुत्ला हदन गर्ने कार्यक्रम तय गरिएको थियो पार्टीको तय गरेको कार्यक्रमका लागि बिहानै देखि सुरुक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बावजुद पनि विप्लपका कार्यकर्ताले गुल्मीको सदरमुकाम तम्घासमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् शुक्रबार दिउँसो १ः१५ बजे पार्टीका गुल्मी जिल्ला इन्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगायतका नेता तथा कार्यकर्ताहरुले तम्घासको अर्घाखाँजी जिपपार्कमा ओलीको पुत्ला जलाएका हुन् नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेतालाई प्रहरीले प्रक्राउ गरी हिरासतमा राखेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएको र भोलि जनप्रदर्शनको कार्यक्रम रहेको जिल्लासेक्रेटर खिम खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?