५०० भन्दा बढी संक्रमित भएका यी ६ जिल्ला

काठमाडौं । नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।

नेपालमा हिजो (सोमवार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

  • महोत्तरी
  • रौतहट
  • पाल्पा
  • कैलाली
  • अछाम
  • बाजुरा

यो पनि पढ्नुहोस् : बितेको २४ घण्टामा २०४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार नाघ्यो
                       नेपालमा थप ६८८ जना कोरोना संक्रमण मुक्त हुँदा १६ हजार नाघे संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?