नेपालमा थप ६८८ जना कोरोना संक्रमण मुक्त हुँदा १६ हजार नाघे संक्रमित

काठमाडौं । नेपालमा थप ६८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ७ हजार ४ सय ९९ रहेको छ ।
आज थप ६८८ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमित मध्ये ४६.४ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा २०४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार नाघ्यो

नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हिजो (सोमवार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?