प्रदेश १मा स्विस परियोजनामार्फत पूर्वाधार विकासमा सहयोग गर्नेः एलिजा वेत

विराटनगर, ११ फागुन । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजा वेत भ्यानग्यातलरबीच भेटवार्ता भएको छ शुक्रबार भएका भेटवार्ताका क्रममा प्रदेश १ मा स्विस परियोजनामार्फत पूर्वाधार विकासमा सहयोग गर्ने कुरामा छलफल भएको हो भेटका क्रममा राजदूत भ्यानग्यातलरलाई प्रदेश १ भित्र पूर्वाधार विकासमा सहयोग पुर्याउन मुख्यमन्त्री राईले आग्रह गरेका थिए स्विस विकास परियोजना अन्तर्गत आफूहरुले प्रदेश १ भित्र झोलुंगे पुल र सडक पुल निर्माणलाई प्रथमिकता दिएको भ्यानग्यातलरले बताइन् स्थानीय सरकारलाई कसरी सहयोग गर्ने र ग्रामीण क्षेत्रका वासिन्दाको जीवनस्तर कसरी उकास्ने भन्ने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?