काठमाडौं । अमेरिका र चीनको बीचमा झनै सम्बन्ध बिग्रिँदै गईरहेको छ । दक्षिण चीन सागरमा अमेरिकाले युद्धाभ्यास शुरु गरेपछि चीनले मिसाइल हमला गर्ने धम्की दिएको थियो ।
चीनको उक्त धम्कीलाई अमेरिकी नौसेनाले मजाकमा उडाउँदै चीनको धम्की पछि पनि अमेरिका दक्ष्णि चीन सागरमै रहेको बताएको थियो ।

अहिले फेरी अमेरिकाले दक्षिण चीन सागरमा आफ्ना ११ वटा लडाकू विमान प्रदर्शन गरेको छ । साथै बितेको केहि दिन यता दक्षिण चीन सागरमा अमेरिकाले युद्धाभ्यास गरिरहेको छ ।
यो युद्धाभ्यासकाकारण समुन्द्र निकटका देश फिलिपिन्स, भियतनाम जस्ता देशहरुमा त्रास पैदा भएको छ ।
अमेरिकी नौसेनाले सोमवार एक ट्वीट गर्दै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रीगन जस्ता अन्य युद्धपोत तथा लडाकूविमान दक्षिण चीन सागरमा आईसकेको बताएको थियो ।अमेरिकी नौसेनाले युद्धाभ्यासको लागि आएको बताएको छ ।

चीनले अमेरिकी युद्धाभ्यासको निन्दा गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका युद्धाभ्यास गर्न नभएर स्थिती बिगार्नका लागि त्यहाँ आएको बताएका हुन् ।
Nimitz, Ronald Reagan Carrier Strike Groups continue dual carrier operations in South China Sea, demonstrate unmatched commitment to #FreeandOpenIndoPacific: https://t.co/yXboNmwhPA #USNavy @US7thFleet @INDOPACOM pic.twitter.com/ROE1PMvN7o
— U.S. Pacific Fleet (@USPacificFleet) July 6, 2020
अमेरिकी नौसेनाले चीनको सरकारी पत्रिका ग्लोवल टाइम्सले एक ट्वीट मार्फत चीनसँग डीएफ २१ डी र डीएफ २६ जस्ता लडाकू रहेको बताएको थियो ।
अमेरिकाले दुई खतरनाक युद्धपोतलाई दक्षिण चीन सागरमा तैनाथ गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया