सकियो ओली-प्रचण्डको ‘वान टु वान’ वार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ ।

मंगलवार मध्यान्हमा शुरु भएको वान टु वान वार्तामा पार्टी भित्रको आन्तरिक विवाद समाधानबारे छलफल भएको स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीचको टकरावका कारण पछिल्लो समय पार्टीमा उत्पन्न विवाद समाधानका लागि नेकपामा छलफल चलिरहेको छ ।

आज बसेको बैठकमा भएको छलफल सकारात्मक भएको स्रोतको दावी रहेको छ ।

अर्काे बैठक भोलि (बुधवार) बस्ने भएको छ । असार १० गतेबाट बसेको स्थायी कमिटि बैठक भोलि (बुधवार) बस्न लागेको छ ।

दुई अध्यक्षहरुले भेटघाट गरेपछि मात्र स्थायी कमिटि बैठक शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?