एन्फाविरुद्ध सर्वोच्चमा मानहानिको मुद्दा

काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध सर्वोच्च अदालतमा मानहानिको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता सुजित केसीले सोमबार एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीनलाई विपक्षी बनाउँदै मानहानिको मुद्दा दर्ता गराएका हुन् ।

गैरकानुनी रूपमा रौतहटको महिला फुटबल एकेडेमी निर्माण गरिएको हुनाले सर्वोच्च अदालतले उक्त कार्य रोक्न माघ २२ गते आदेश दिएको थियो । सर्वोच्चले एन्फा कार्यसमिति, एन्फा अध्यक्ष र प्रवक्ता राईलाई माघ २९ गते छलफलका लागि बोलाएको थियो ।

तर, एन्फाले माघ २६ गते एकेडेमीको घेरबारसहित अन्य कार्य गर्ने निर्णय गर्यो । त्यसपछि विचाराधीन अवस्थामा रहेको मुद्दालाई एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको कारण मुद्दा दर्ता गरिएको केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?