पिङमा बेरिएर मृत्यु

काठमाडौं । सप्तरीमा पिङमा बेरिएर १ वर्षीया बालिकाको मृत्यु भएको छ । खड्क नगरपालिका-८ बिसनपुर बस्नेु हृदय नारायण चौधरीकी छोरी १ वर्षीया हिमानी कुमारी चौधरीको पिङमा बेरिएर सोमबार साँझ मृत्यु भएको हो ।

आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?