१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । कपिलवस्तु, १८ वर्षीया किशोरीलाई कपिलवस्तु नगरपालिका-२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटीएको गस्ती टोलीले किशोरीलाई फेला पारी रोईकराइ गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरुले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

घटना बारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?