एमालेले रोक्यो पार्टी कमिटी र भातृ संगठनका अधिवेशन

काठमाडौं, ११ फागुन । पार्टी स्थायी कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न नेकपा एमालेले रोक लगाएको छ शुक्रबारको पार्टी स्थायी कमिटीको बैठकले पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेश, सम्मेलन लगायत नेतृत्व चयन गर्ने खालका सबै प्रक्रियामा रोक लगाएको हो नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता गर्ने निर्णय भइसकेकोले भोलि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेश समेत गर्न नपाइने प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताएका छन् दुई पार्टीबीच एकता प्रक्रिया अघि बढेको भन्दै पार्टीका अधिवेशन सम्मेलन, जनसंगठनका अधिवेशन तथा सम्मेलनको मिति तोकिए पनि पार्टी एकताको संवेदशीलताका कारण स्थगित गर्ने निर्णय भएको विभाग प्रमुख एवं एमाले सचिव भट्टराई बताए अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बन्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो अधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने भट्टराईले बताए पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?