ओली र प्रचण्ड निकट कार्यकर्ताबीच कुटाकुट

कैलालीको लम्कीमा प्रधानमन्त्री तथा नेकवा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा भएकोकोणसभामा अर्का अध्यक्ष प्रचण्ड निकट कार्यकर्ताले आक्रमण गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

सोमबार साँझ ५ बजेतिर लम्की चोकमा ओली निकट कार्यकर्ताले र्यालीसहित कोणसभा गरिरहेको बेला प्रचण्ड निकट कार्यकर्ता एकाएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

सचेत नागरिक समाज लम्की कैलाली नामक संस्थाको ब्यानरमा ओलीको तस्बिरसहित नेपालको नक्सा राखेर दुई दर्जनबढी युवाको सहभागितामा लम्की चौराहामा प्रदर्शन समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?