सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई

काठमाडौं, ११ फागुन । आज बसेको एमाले स्थायी समिति बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने जिम्मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए प्रवक्ता भट्टराईका अनुसार बैठकमा नेताहरुले पार्टीबाट मन्त्री छान्दा भूगोल, योग्यता र क्षमता हेरेर छनोट गर्नुपर्ने धारणा राखेका थिए त्यस्तै एमालेले गत फागुन ७ गते एमाले माओगवादीबीच भएको पार्टी एकताको सात बुँदे आधारत्रि अनुमोदन गरेको छ । साथै बैठकले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई समेत सरकारमा ल्याउन छलफल गर्ने निर्णय गरेको छ प्रवक्त भट्टराईले भने, पार्टी एकता अन्तिम चरणमा पुगेकाले एमालेका सबै कमिटीका सम्मेलन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?