‘बिग बोस-१४’ का लागि सलमानले लिने भए यति ठूलो पारिश्रमिक

काठमाडौं । कोरोना भाइरसको कहरकाबीच टिभी शोजहरुको शुटिङ शुरु भएको छ ।

टिभीको पपुलर रियालिटी शो बिग बोस पनि यो भन्दा अब आउने सिजनको तयारीमा जुटेको छ । बिग बोस- १४ एक पटक फेरी सलमान खानले होस्ट गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिग बोस-१४ अक्टुबर बाट शुरु हुनेछ ।

https://www.instagram.com/p/CCN5wW5BM7i/?utm_source=ig_embed

यसैबीच सलमान खानले बिग बोस-१४ मा होस्ट गर्नको लागि आफ्नो पारिश्रमीक बढाएका भारतीय सञ्चारमाध्यमका अनुसार बिग बोस-१४ मा काम गर्नको लागि १६ करोड रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

उनले यो भन्दा अगाडि बिग बोस-१३ मा १२ देखि १४ करोड रुपैयाँ लिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?