सुशान्त सिंह राजपुतको अन्तिम फिल्मको ‘ट्रेलर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । स्व. बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र दिल बेचाराको ट्रेलर रिलिज भएको छ ।

फिल्म २४ जुलाईमा सिनेमा घरमा हेर्न सकिनेछ । दिल बेचारा उपन्यास द फोल्ट इन अभर स्टार्समा आधारित रहेको छ ।

क्यान्सरले ग्रस्त एक युवतीको बारेमा यसमा प्रेम कहानी रहेको छ । फिल्मको निर्देशन मुकेश छाबडाले गरेका छन्, यो उनको पहिलो निर्देशित फिल्म हो ।

सुशान्को मुस्कान र सञ्जनाको अभिनयको चर्चा धेरै बढेको छ । अभिनेता सुशान्तले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?