काठमाडौं । काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन शुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका विभिन्न १० ठाउँमा यसको अध्ययन शुरु गरेको बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने, ‘काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस (कोभिड-१९) फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन शुरु भएको छर केहिको स्वाब परीक्षण रिपोर्ट आइसकेको र केहिको बाँकी रहेको छ ।’
उपत्यकाका विभिन्न १० ठाउँबाट स्वाब लिएर परीक्षण गरिएका काठमाडौंको तीनकुने र नक्खुटोलका २२८ जना व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
साथै विभिन्न ठाउँका स्वाबको परीक्षण रिपोर्ट आउने क्रम जारी रहेको पनि प्रवक्ता गौतमले बताएका छन् ।
यसैबीच नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया