काठमाडौं – भक्तपुरमा बितेको २४ घण्टामा १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाले दिएको जानकारी अनुसार काठमाडौंका विभिन्न प्रयोगशालामा गरीएको नमुना जाँचका क्रममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको थियो । गत असार १ गतेदेखि लकडाउन परिमार्जन भएसँगै उपत्यकामा तिव्र गतिमा संक्रमित बढीरहेका छन् । हिजो काठमाडौं ललितपुर र भक्तपुरमा गरी ३० जनामा संक्रमण देखिएको थियो ।
यसैबीच बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या १६ हजार नजिक पुगेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २६४ जना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
यस्तै कोरोनाबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले आज थप एकजनाको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा बाग्लुङ मिसिखोला गाउँपालिका ३ का २९ पुरुष रहेका छन् । उनी गत असार १ गते भारतबाट आएका थिए । परिवारसहित भारतमा रहेका उनी क्षयारोगले पिडित रहेको प्रवक्ता गौतमले बताए ।
उनलाई ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा राखिएको थियो । पछि नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएको थियो । उनको आइतवारबिहान होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनीसहित उनका ५ जना परिवारको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।
मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू : गृह मन्त्रालय
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।
बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया