सल्यान अस्पतालमा आजदेखि पुनः सेवा सञ्चालन

काठमाडौं । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ । यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

करीब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुनकुमार बुढाले जानकारी दिए ।

असार २१ गते कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा आजदेखि नियमित रुपमा पुनःसञ्चालन भएको अस्पतालले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?