बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त, कति पुगे संक्रमित ?

काठमाडौं – नेपालमा बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २६४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा २९ हजार २ सय १५ जना रहेका छन् । यसरी हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

यसैबीच बितेको २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या १६ हजार नजिक पुगेको छ । बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोनाको कारण नेपालमा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू : गृह मन्त्रालय

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए । बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?