१३ माघ २०७९, शुक्रवार

६३ स्थानीय तहको मत परिणाम सार्वजनिक, एमाले पाँचौ स्थानमा

२०७४,आश्विन,६,शुक्रवार १२:१८

0
Shares

काठमाडौँ, ६ असोज ।यह िअसोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६३ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न ४ः०० बजे प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका १२– १२, राष्ट्रिय जनता पार्टी नेपालका आठ, नेकपा (एमाले)का सात, नेपाल लोकतान्त्रिक फोरमका दुई र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन ।यसैगरी अहिलेसम्म ८९० वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना बाँकी रहेका ७३ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी छ । 

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा

काठमाडौं । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काठमाडौं । मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ ।

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३