हावाबाट पनि कोरोना फैलिने वैज्ञानिकको दाबी, ‘डब्ल्युएचओ’लाई लेखे पत्र

काठमाडौं । अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त रुपमा फैलिरहेको छ । दिनप्रतिदिन यसको प्रकोप झनै तीव्र गतिले बढीरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि मास्क र सोसल डिस्टेन्सिङ अपनाउनुलाई नै अहिलेसम्मको सबैभन्दा धेरै राम्रो उपाय मानिएको छ । तर अब, भीड नभएको क्षेत्रमा कोहि छैनन् भनेर बिना मास्क घुम्दै हुनुहुन्छ भने, सावधान हुनुहोस् । किनभने वैज्ञानिकले हालै गरेको एक अध्ययनमा कोरोना भाइरस हावाबाट पनि फैलिने बताइएको छ ।

न्यूयोर्क टाइम्समा छापिएको एक ताजा रिपोर्टका अनुसार ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको आफ्नो रिसर्चमा नोवेल कोरोना भाइरसका साना साना कण हावामा जीवित रहेको पाइएको छ ।

साथै यस्ता कणले पनि मानिसहरुलाई संक्रमित बनाउने गरेको पाइको छ । वैज्ञानिकहरुले आफ्नो रिसर्चमा कोभिड १९ को यो खतरनाक भाइरस एयरबोर्न अर्थात् हावाको माध्यमबाट फैलिन सक्छ ।

यो भन्दा पहिला विश्व स्वास्थ्य संगठनले यस भाइरसको बारेमा यसको संक्रमण हावामा नफैलिने बताएको थियो ।

डब्ल्युएचओले स्पष्ट पार्दै भनेको थियो कि, यो खतरनाक भाइरस मात्र थुकको छिटाको कणबाट नै अन्यमा सर्दछ ।

यो कण कफ, हाच्छ्युँ गर्दा र बोल्दा मात्रै बाहिर निस्किने बताइएको थियो । तर थुकको कण हावामा धेरै बेर रहन नसक्ने र केहि क्षणमै जमीनमा झर्ने गर्दछ ।

वैज्ञानिकले यस बारेमा डब्ल्युएचओसँग आफ्नो भनाई सच्याउन पत्र लेखेको छ । अध्ययनमा रहेका सबै वैज्ञानिकहरुले यो कुराको पर्याप्त प्रमाण भएको पनि बताएका छन् ।

हावामा रहेको साना साना कणको माध्यमबाट मानिसमा यो संक्रमण सर्न सक्ने उनीहरुले बताएका छन् ।

यो पत्र साइन्टिफिक जर्नलमा बितेको हप्ता प्रकाशित हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?