लिभरपुलको सहज जितमा भिल्ला स्तब्ध

काठमाडौं । प्रिमियर लिग फुटबलमा च्याम्पियन लिभरपुलले जित हात पारेको छ । घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले जित हात पारेको हो ।

लिभरपुलको जितमा साडियो माने र कुर्टिस जोन्सले समान एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

Image

त्यस्तै, खेलको ८१ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर बनाए । जोन्सले शनिबार मात्रै क्लबसँग नयाँ सम्झौता गरेका थिए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।

यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ । एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?