६ महिनापछि रसुवागढी नाका सञ्चालनमा

काठमाडौं – नेपाल- चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ ।

दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुलेको हो ।

कोरोना भाइरस ‘कोभिड १९’ को महामारी का कारण ६ महिनासम्म बन्द नेपाल–चीन रसुवागढी नाका आजबाट सञ्चालनमा आएको हो ।

चीनले चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको हो ।

चीनबाट आएको सामान सुरक्षा सर्तकता अपनाएर नेपाल ल्याउन अनलोड भएको छ । तर तत्कालै
नेपालबाट हुने निकासी र मानवीय ओहोर–दोहोर भने हुनेछैन ।

कोरोनाको कहर कम हुँदै गएपछि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?