काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगि बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले अभिभावकहरुमा अनुरोध गरेको छ । आज खान छुटेका बालबालिकालाई भोलि खुवाइनेछ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरस कोभिड १९ को महामारीका कारण स्थगित गरिएको थियो ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कोरोनाको महामारीले दोस्रो चरणको कार्यक्रम प्रभावित पारेको थियो ।
सरकारले २०५३ सालबाट’ भिटामिन ए’ कार्यक्रम सन्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया