अब एउटा दूरसेवा प्रदायकले एकै व्यक्तिका नाममा दुई भन्दा बढी सीमकार्ड जारी गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले आइतबार यससम्बन्धी निर्णय गरेको हो।
सोहीअनुसार सेवा प्रदायकलाई निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
निर्देशन तत्काल कार्यान्वयनमा जाने खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
‘अब कुनै व्यक्तिका नाममा दुई वा सोभन्दा बढी सिमकार्ड जारी भइसकेको छ भने उसले अर्को सिम लिन पाउने छैन’ उनले भने, उनले भने, ‘यसअघि जारी भइसकेको सिमकार्डका विषयमा प्राधिकरणले सेवा प्रदायकसँग छलफल गर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया