काठमाडौं – देशका ७ प्रदेशमध्ये कोरोनाले आक्रान्त पारेको प्रदेश २ मा हालसम्म ४ हजार १ सय ६० जना संक्रमित पुष्टि भएका छन् ।
त्यस्तै २ हजार ३४ जना विभिन्न अस्पतालमा उपचार गरी संक्रमणमुक्त भएका छन् । तर संक्रमित संख्या थपिईरहेको छ ।
त्यस्तै कोरोनाको कहरले थिलोथिलो भएको अर्को प्रदेश हो, प्रदेश नम्बर ५ । जहाँ ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् ।
कोरोनाको कहरमा तेस्रो नम्बरमा छ, सुदूरपश्चिम प्रदेश । त्यहाँ ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
त्यस्तै चोथो नम्बरमा छ, कर्णाली प्रदेश । त्यहाँ १ हजार ५ सय ७९ जनामा संक्रमण देखिएको छ भने १ हजार १ सय ९१ जना डिस्चार्ज भएका छन् ।
पाँचौँ नम्बरमा छ, गण्डकी प्रदेश त्यहाँ १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् ।
प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् ।
र अन्तिममा छ, बाग्मती प्रदेश । त्यहाँ ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् । यसरी बितेको २४ घण्टामा थपिएका २९३ जना संक्रमितसहित नेपालमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ ।
५ सय भन्दा बढी ‘एक्टिभ केस’ भएका यी ६ जिल्ला
स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय भन्दा बढी कोरोनाको’एक्टिभ केस’ भएका ६ जिल्ला
महोत्तरी
रौतहट
पाल्पा
कैलाली
अछाम
बाजुरा
काठमाडौंको ढलमा कोरोना भाइरस भेटियो भन्ने विषयमा बोल्यो मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले् संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको बताए ।
सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले बताए । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए ।
शनिवार एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।
ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरेका छन् ।
कति भयो परिक्षण ?
देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ ।
क्वारेन्टाईनमा कति छन् ?
अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया