कांग्रेसलाई आयो अर्थ र गृहसहितको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध निकटतम बनेको चर्चा चलेको छ । यसैबीच कांग्रेसलाई सरकारमा सामेल गर्दै गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव गरिएको तथ्य बाहिरिएको छ ।

गत असार १७ गते प्रधानमन्त्री ओली र देउवाबीच भेटघाट भएको थियो । भने आइतवार (आज) बिहान प्रम ओलीको निर्देशनमा सभापती देउवा रनेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटघाट गरेका थिए । यसैक्रममा नेम्वाङले काँग्रेसले सरकारलाई साथ दिएमा कांग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

सरकारसँग कांग्रेसले सहकार्य गरेर जाने हो भने गृह अर्थ लगायतको मन्त्रालयको जिम्मेवारी दिने र त्यसको लागि तयारी रहनको लागि समेत आग्रह गरिएको स्रोतको दावी रहेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा उक्त कुरालाई महत्वका साथ छलफल गरिएको थियो । बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापती देउवासँग सत्तारुढ दलसँग भएको भेटघाटको विषयमा सोधेका थिए । भने देउवाले बैठकमा आफूलाई सरकारबाट आएका अफरहरुका बारेमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?