नेपालमा कोरोना अपडेट : काठमाडौंमा २७ जनासहित कहाँ कति थपिए संक्रमित ? हेर्नुहोस् विवरण

काठमाडौं – नेपालमा आज थप २९३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ ।

नेपालमा हिजो (शनिवार) २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थपिएका संक्रमित कहाँका हुन् ? 
कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा : झापाका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा  : पाचँथरका १ जना, ताप्लेजुङका २ जना र मोरङका २ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका २७ जना, सिरहाको १ जना र महोत्तरीका १२ जना
नारायणी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : पर्साका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अर्घाखाँचीका १ जना, बैतडीका ३ जना,कैलालीका १४ जना, कपिलवस्तुका १ जना, काठमाडौंका ५ जना, नुवाकोटका १ जना रौतहटका २ जना,सल्यानका १ जना र सर्लाहीका ६ जना
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परिक्षणमा मकवानपुरका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा :  रौतहटका २७ जना

वीर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा : काठमाडौंका १ जना

त्रिवि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : अर्घाखाँचीका २ जना,बाँकेका १ जना , बर्दियाका १ जना,काठमाडौंका २१ जना, नुवाकोटका १ जना, सर्लाहीका १ जना, भक्तपुरका १ जना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका १ जना, ललिपुरका २ जना, म्यादीका १ जना र धादिङका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका १ जना र तनँहुका २ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका २ जना,लमजुङका १ जना र गोरखाका १ जना
प्रादेशिक जनास्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, नवलपरासीका १ जना, प्यूठानका ११ जना र रुपन्देहीका २ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : सल्यानका १५ जना,दैलखका २ जना,सुर्खेतका १० जना,स्याङजाका १ जना,बर्दियाका ४ जना

पिसिआर ल्याप प्रयोगशालामा गरिएको परिक्षणमा : दैलखका ५ जना र सुर्खेतका २ जना

चौरजारी नगरपालिका प्रयोगशालामा गरिएको परिक्षणमा : रुकुम पश्चिमका ४ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : बाजुराका २० जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परिक्षणमा : डडेल्धुराका ३ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : अछामका १ जना,बैतडीका १ जना,डडेलधुराका ६ जना,डोटीका ३ जना,कैलालीका १३ जना र कञ्चनपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

एकैपटक काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा आज (आईतवार) एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा काठमाडौंमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको स्वाब परीक्षणका क्रममा काठमाडौंका ५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकका निगरानीमा रहेका छन् ।

भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि
भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ सय भन्दा बढी ‘एक्टिभ केस’ भएका यी ६ जिल्ला
नेपालमा आज (आईतवार) २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । ५ सय भन्दा बढी कोरोनाको’एक्टिभ केस’ भएका ६ जिल्ला

महोत्तरी
रौतहट
पाल्पा
कैलाली
अछाम
बाजुरा

ललितपुरका दुई जनालाई कोरोना संक्रमण

ललितपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नुवाकोटमा थपिए २ कोरोना संक्रमित
नुवाकोटमा बितेको २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा आईतवार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

उपत्यकामा आज एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा भक्तपुरका एक, काठमाडौंका २१ र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप १३२ जना कोरोना संक्रमण मुक्त
नेपालमा थप १३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ५ सय ४७ जना रहेका छन् । बितेको २४ घण्टामा थप १३२ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिईएको हो ।

काठमाडौंको ढलमा कोरोना भाइरस भेटियो भन्ने विषयमा बोल्यो मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले् संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको बताए ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले बताए । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए ।

शनिवार एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।

ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरेका छन् ।

 

कुन प्रदेशमा कति संक्रमित कति निको भए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जना संक्रमित भेटिएका छन् । २ हजार ३४ जना डिस्चार्ज भएका छन् ।

बाग्मती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ जनामा संक्रमण देखिएको छ भने १ हजार १ सय ९१ जना डिस्चार्ज भएका छन् ।

र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

कति भयो परिक्षण ?
देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ ।

क्वारेन्टाईनमा कति छन् ?
अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

यो पनि पढ्नुहोस्
कहाँ पुग्यो नेपालमा निर्मित कोरोनाविरुद्ध बनेको भनिएको औषधिको परीक्षण ? यसो भन्छन् डा. दास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?