काठमाडौं उपत्यकामा आईतवार थपिए ३० जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज (आईतवार) एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा आज एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा भक्तपुरका एक, काठमाडौंका २१ र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित काठमाडौं उपत्यकामा आज एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच नेपालमा आज (आईतवार) एकैपटक २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ६ हजार ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १३२ रहेको छ ।

नेपालमा हिजो (शनिवार) एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?