कोरोनाबारे ‘डब्ल्युएचओ’को नयाँ खुलासा, गर्यो यस्तो दाबी !

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्ध अहिले सारा विश्व लडिरहेको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्ला विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

जसका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ३५ हजार १ सय ८ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ७५ हजार १७ जनालाई संक्रमण भएको छ । त्यस्तै, ६४ लाख ९१ हजार ८ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । अझै यो भाइरसको तीव्र रुपमा फैलिरहेको छ ।

यसैबीच, सोसल मिडिया मार्फत आएका विभिन्न प्रकारका गलत धारणा र समाचारहरू मानिसहरूमा पुगेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले त्यस्ता समाचारबाट टाढै रहन सुझाव दिएको छ ।

घरपालुवा जनावरको कारण कोरोना भाइरस फैलिरहेको भन्ने खबर तीव्र रुपमा फैलिरहेको बताउँदै डब्ल्युएचओले घरपालुवा जनावरबाट कोरोना भाइरस फैलाउने जोखिम अत्यन्त कम रहेको बताएको हो ।

जनावरबाट मानिसमा कोरोना संक्रमण नफैलिने भएपनि मानिसहरु यस्तो झुठो खबरले त्रसित रहेको बताइएको छ ।

कोरोना भाइरस घरपालुवा जनावरले फैलाउँदैनन्

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले जेनेभामा आयोजित कार्यक्रममा भने, ‘घरपालुवा जनावरबाट कोरोना फैलने भन्ने कुरा धेरै कम हुन्छ, धेरै जनावरहरू भाइरसबाट संक्रमित भइसकेका भए पनि घरपालुवा जनावरबाट कोरोनाको संक्रमण फैलिन गाह्रो छ।’

उनले थपे, ‘मानिसमा घरपालुवा जनावरबाट कोरोना भाइरस हुने सम्भावना धेरै कम छ। यद्यपि यो पहिले भनिएको थियो कि कोरोना भाइरस जनावरबाट मात्र मानिसमा फैलिएको हो।कोरोना चमेरो र प्यांगोलिनबाट मानिसमा सरेको भनिए पनि पूर्ण सत्य के हो अहिलेसम्म कसैलाई थाहा छैन ।’

उनले भने, ‘यो अहिलेसम्म प्रमाणित भएको छैन कि कोरोना भाइरसको मूल स्रोत के हो ? कोरोनाभाइरसको उत्पत्तिको मूल कारण के हो ? यसमा निरन्तर अनुसन्धान भइरहेको छ। हामीलाई यो मात्र थाहा छ कि, कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति चीनको वुहान शहरमा फेला परेका थिए । यस पछि, बिस्तारै सारा संसारमा कोरोनाको संक्रमण फैलिएको थियो ।’

साथै उनले कोरोना भाइरस चीनको वुहान शहरस्थित एक प्रयोगशालामा बनेको भनिए पनि अहिलेसम्म ठोस प्रमाण जुट्न नसकेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?