काठमाडौं । श्रीलंकाका क्रिकेटर एवम ब्याट्सम्यान कुशल मेन्डीस पक्राउ परेका छन् । मेन्डीसले चलाएको कारको ठक्करबाट एक वृद्धको ज्यान गएपछि श्रीलंकाको पुलिसले उनलाई पक्राउ गरेको हो ।
६४ वर्षे वृद्धलाई साइकल चलाइरहेको अवस्थामा मेन्डीसको कारले ठक्कर दिएको बताईएको छ । पक्राउपछि मेन्डीसको मेडिकल जाँच गरेर उनलाई अदालतमा उपस्थिति गराउने तयारी भईरहेको श्रीलंकन मिडियाले जनाएको छ ।
२५ वर्षे मेन्डीस श्रीलंकाका विकेट किपर ब्याट्सम्यान हुन् । उनले ४४ टेष्ट, ७६ एकदिवसीय र २६ टी-ट्वान्टी क्रिकेट खेलिसकेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया