भारतीय नागरिक पक्राउ

झापा, १० फागुन – प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिनुभयो झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको देखेपछि शंका लागेर ती महिलालाई सोधपुछ गर्दा दिल्ली लगिरहेको थाहा पाउनासाथ उनीहरुको उद्धार गरिएको हो । महिलालाई दिल्ली लान खोज्ने आलमलाई भने पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताउनुभयो उद्धार गरिएका महिलामा इलाम फिक्कल– ५ का ३५ वर्षीय कमला राई, सोही ठाउँका १८ वर्षीय निक्षा राई र झापा बाहुनडाँगी– ६ का ३२ वर्षीय सिर्जना राई रहेका छन् । उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ यता पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?