काठमाडौं – पार्टीमा चुलिँदै गएको विवाद साम्य पार्न प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच भेटवार्ता भईरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जानुअघि प्रचण्डले अन्य ३ जना नेतासहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटर्वार्ता गरेका थिए ।
निर्णायक भनिएको वार्तामा दुईपक्षबीच उच्चतम बिन्दुमा पुगेर सहमति गर्ने विकल्पमा छलफल हुने बताइएको छ ।
छलफलमा ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल सहभागी छन् । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा छन् । file:photo
यो पनि पढ्नुहोस् : ओलीका गलत कदम विरुद्ध साथ नदिन राष्ट्रपतिलाई प्रचण्डको आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया