काठमाडौं – जनकपुरधाम उपमहानगरमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेका छन् ।
शव फेला परेको दिन देखि नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित मसान घाटमा बस्ने एक अघोरी बाबा सहित २ जनालाई प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको थियो । तर अहिलेसम्म सो घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले १८ जनालाई समातेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट प्रमाणको रुपमा ब्ल्याङ्केट समेत फेला पारेको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर- २१ स्थित कुर्थाकी ११ वर्षीया बालिका कञ्चनकुमारी पञ्जियार गत (शुक्रबार) बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।
बुधबार दिउँसो भैँसी चराउन गएकी कञ्चन राति अबेरसम्म पनि घर नआउँदा परिवारले खोजी गरेका थिए । आफन्तकहाँ भोज भएकोले त्यतै गइन् की ! भनेर परिवारले खोज खबर गरे । रातभरी खोजी गर्दा पनि नभेटिएपछि उनको परिवारले बिहीबार बिहानै प्रहरीमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक एस पी रमेश बस्नेतले लोकपथलाई बताए ।
उनको शव घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा फेला परेको थियो । उनी बुधवार बिहान ११ः०० बजे भैँसी चराउन घरबाट निस्केकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया