मन्त्री घिमिरेद्वारा योजनाको अनुगमन

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ क्षेत्र नं ४ ९ख० मा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको अनुगमन गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सांसद विकास कोष र भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटका योजनाको आज अनुगमन गरेका हुन् ।

ती योजनामा विराटनगर–८ का योजना आरके चिल्ड्रेन अगाडिको सडकमा ५२ लाख, जयनेपाल र कालिका मार्गमा २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनामा एक करोड, समता मार्गमा २० लाख, निर्मल जलमार्गमा १० लाख र छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीमा १० लाख रुपैयाँ छुट्याएको छ ।

यसैगरी बलुबाही सामुदायिक भवनमा १० लाख, ज्ञानकुञ्ज स्कुल बलुबाहीको शौचालय निर्माणमा पाँच लाख, अमर सेवा समितिको सामुदायिक भवनमा ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणमा पाँच लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकमा १० लाख, बालगोपाल टोल मिलन मार्गमा १० लाख र विराटेश्वर वृद्धाश्रमममा चार लाख रुपैयाँ विनियोजित छ ।

उनले विराटनगर–८ का बासिन्दासँग योजनाबारे छलफल गरेका थिए । सो अवसरमा उनलाई स्थानीय बासिन्दाले समस्याबारे जानकारी गराएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?